गएको वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका रुकुम(पूर्व) का एक तिहाई उम्मेद्वारले अझै पनि निर्वाचन खर्च बुझाएका छैनन् । गएको वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा यस जिल्लामा ४ सय ४ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका थिए । तर अहिलेसम्म निर्वाचन खर्च बुझाउनेहरु एक सय २६ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनभयो ।

दुई सय ७८ जनाले अझै पनि निर्वाचन खर्च नबुझाएको उहाँले बताउनुभयो । पटक पटक ताकेता गरेको र सुचना निकाल्दा पनि चुनावमा भाग लिएका उम्मेद्वारे समयमा निर्वाचन खर्च नबुझाएको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले बताएको छ । तीन वटा मात्र गाउँपालिका रहेको यहाँका भमूे गाउँपालिकाबाट सबै भन्दा धेरै र पुथा उत्तरगंगा गाउँपालिकाबाट सबै भन्दा कमले निर्वाचन खर्च बुझाएका छन् ।

जिल्ला निर्वाचन अधिकारी ओलीकाअनुसार भूमे गाउँपालिकाबाट ६१ जना, सिस्ने गाउँपालिकाबाट ४९ जना र पुथा उत्तरगंगा गाउँपालिकाबाट जम्मा १६ जना उम्मेद्वारले निर्वाचन खर्च बुझाएका छन् । सबै उम्मेद्वारले मत गणनाको अन्तिम मत परिणाम आएको दिन देखि एक महिना भित्रको अवधिमा निर्वाचन खर्च बुझाइसक्नुपर्ने प्रावधान छ । तर प्रावधान विपरित निर्वाचनमा भाग लिएका एक तीहाई उम्मेद्वारले बेलैमा निर्वाचन खर्च नबुझाएका हुन् ।

रुकुम(पूर्व) मा तीन वटा पालिका र ३१ वटा वडा छन् । ९ जना जिल्ला समन्वय समितिमा र गाउँ सभा तथा कार्यपालिकामा गरि एक सय ७९ गरी एक सय ८८ पदमा उम्मेद्वारहरु निर्वाचित भएका थिए ।

स्थानीय निर्वाचनपछि लगभग साढे ९ सय जनाको नामावली संकलन
रुकुम(पूर्व) मा साढे एक महिनामा अवधिमा करिब साढे ९ सय जनाको मतदाता नामावली संकलन गरिएको छ । गएको वैशाख ३० मा भएको स्थानीय निर्वाचनपछि जिल्लामा ९ सय ४३ जनाले मतदाता नामावली बनाएका छन् । जसमा महिला ४ सय ४९ र पुरुष ४ सय ८४ जना रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

गएको स्थानीय तह निर्वाचनमा जिल्लामा कुल मतदाता संख्या ३३ हजार पाँच सय १८ थियो । जसमा महिला १६ हजार ६ सय २४ र पुरुष १६ हजार ८ सय ९४ जना रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । त्यतीबेला मतदाता नामावलीमा दर्ता भएको संख्या भने कुल ३५ हजार ५० थियो । १६ वर्ष पुगेपछि नागरिकता बनाएर नामावली पनि बनाएको तर निर्वाचन हुँदाको मितिसम्ममा १८ वर्ष नपुगेको कारण निर्वाचनमा मत हाल्ने मतदाता अलि कम र नामावली बनाउनेको संख्या केहि बढी देखिएको जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

अब संघ र प्रदेशको चुनावमा भोट हाल्ने मतदाताको संख्या पनि केहि घटबढ हुने छ । बसाइसराई गरेका, मृत्यु भएकाहरुके अध्यावधिक गर्न बाकी नै छ । आउदो मंसिरको ४ गते संघ र प्रदेशको चुनाव गर्ने भनेर सरकारले घोषणा गरिसकेको छ । स्थानीय तहको चुनावपछि असारको १÷२ गतेबाट सुरु भएको मतदाता नामावली संकलनको कार्य यहि साउनको २० गते शुक्रबारबाट स्थगित भएको छ ।