रुकुम(पूर्व) मा खच्चड बेचेको रकम लुट्ने दुई जना लुटेरा पक्राउ परेका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ मैकोटबाट दुई जना लुटेराहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मैकोटका २९ वर्षका उमेस परियार र सोहि ठाउँका २४ वर्षका किस्मत परियार रहेको जिल्ला प्रहरी कार्यालय रुुम(पूर्व) का सुचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । सुचना अधिकारी खत्रिका अनुसार लुटेरा दुई जनाले अनुहारमा नकाप लगाएर रोल्पा थबाङ गाउँपालिका वडा नम्बर ५ बस्ने २१ वर्षका दिपक विक र उहाँका मामा ३५ वर्षका विर बहादुर विकमाथी कुटपिट गरि ७ वटा खच्चड बेचेको २ लाख ९० हजार र साथमा रहेको अन्य ८७ हजार गरि जम्मा ३ लाख ७७ हजार रकम लुटेका थिए ।

विकका मामा भान्ज बुकी पाटनमा यार्सा संकलन गर्न गएको र यार्सा संकलन गरेर फर्कने क्रममा पुथा उत्तरगंगा गाउँपालिका १ नम्बर वडाको स्याङखोला भन्ने ठाउँमा गएको जेठ २३ गते दिउसो ३ बजेतीरको समयमा लुटपात भएको प्रहरीले जनाएको छ । प्रहरीले दुई महिना लामो अनुसन्धनपछि मैकोटबाटै ती दुई जना नकापधारीलाई यहि भदौको ४ गते नियन्त्रणमा ल्याउन सफल भएको सुचना अधिकारी एमव् प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

उहाँकाअनुसार आज उनिहरुलाई कुटपिट तथा लुटपात सम्बन्धि मुद्धा दायर गरेर पाँच दिनको म्याद थपी अनुसन्धान जारी राखिएकोे छ ।