रुकुम(पूर्व) मा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक होमप्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा तीन वटै पालिकाबाट पालिका समितिका अध्यक्षले रिपोर्टीङ गरेका थिए भने प्रदेशको सर्कुलर वाचन गरिएको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओलीले प्रशीक्षणमुलन मन्तव्य राख्नुभएको थियो ।
जिल्ला पार्टीको चौथौ पूर्ण बैठकले सामेल पुनलाई जिल्ला समन्वय समितिको सदस्यमा थप गर्ने निर्णय गरेको छ भने प्रदेश सभा क्षेत्रीय समिति निर्माण गरिएको छ । क्षेत्र नम्बर क मा जयविर घर्ती र ख मा धनमान पुन संयोजक रहेको समिति निर्माण गरिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।
इन्चार्ज ओलीकाअनुसार बैठकले पार्टीको पालिका समिति बैठक ७ गते सिस्नेको, ९ गते भूमेको र १० गते पुथा उत्तरगंगा गाउँपालिकाको बस्ने निर्णय गरेको छ । यस्तै जनवर्गिय संगठनको इन्चार्ज र अध्यक्षहरुको संयुक्त बैठक १६ गते सिस्नेमा बस्ने भएको छ । यस्तै १७ गते भूमेमा सहिद परिवारको भेला, १८ गते भूमेमै घाइते, अपाङ्गको भेला गर्ने र यहि भदौको महिना भित्र जनवर्गिय संगठन तथा पेशागत संगठनको स्थानीयस्तरसम्म गठन तथा पूनः गठन गरिसक्ने निर्णय गरिएको इन्चार्ज ओलीले बताउनुभयो ।
यसैगरी निर्वाचन सम्बन्धिको काममा मत सर्वेक्षण गर्ने, नजिकिदै गरेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि प्रतिबद्धता पत्रको तयारी गेर्ने, आइटी टिम बनाएर प्रचारप्रासार गर्ने, गत स्थानीय निर्वाचनमा देखा परेका समस्या कमीकमजोरीलाई सुधार्दै जनपरिचालनका काम अघि बढाउने निर्णय गर्दै पार्टीको चौथौ जिल्ला समन्वय समितिको बैठक रुकुमकोटमा सम्पन्न भएको हो ।