नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीले सबै नेताहरु जनतातीर फर्कन आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समितिको छैठौ पूर्ण बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै नेता ओलीले सबै नेताहरु जनतातीर फर्कन आवश्यक रहेको बताउनुभएको हो ।

जनताहरुले नेताहरु शहर केन्द्रित भएको गुनासो गरिरहेको बताउदै प्रत्येक नेताहरु आ–आफ्नो कार्यक्षेत्रका जनतातीर फर्कन आवश्यक रहेको औल्याउनुभयो । संघ र प्रदेशसभाको निर्वाचन पनि नजिकिदै गइरहेको बेलामा सबै एक जुट भएर जनस्तरमा जान र जनताहरुको गुनासोहरु सुन्न तथा रुकुम(पूर्व) मा नेकपा माओवादी केन्द्रको विरासतलाई जोगाउन जोडबल गर्नुपर्ने बताउनुभयो । जनयुद्धको उद्गम थलोको रुपमा रहेको यस जिल्लामा माओवादीलाई जित्नैपर्ने दबाव रहेको उहाँको भनाई छ ।

नेता ओलीले जिल्लास्तर, पालिका तथा प्रदेशस्तरका नेताहरुलाई वडा तथा जनस्तरसम्म पुगेर जनताका कुरा सुन्न र संगठन सुद्धृढीकरण गर्न निर्देशनन दिनुभएको छ । साथै पार्टीका सबै जनवर्गिय संगठनलाई सक्रिय भएर परिचालन हुन निर्देशन दिदै जिल्लामा पार्टीले संगठनात्मक अभियान चलाउने बताउनुभएको छ ।