नेकपा माओवादी केन्द्रका स्थाई कमीटी सदस्य एवम् पूर्व मन्त्रि गनेशमान पुनले रुकुम(पूर्व) मा जसरी पनि नेकपा माओवादी केन्द्रले चुनाव जित्नुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समितिको छैठौ पूर्ण बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै नेता पुनले नजिकिएको प्रतिनिधि र प्रदेशसभाको चुनावलाई लक्षित गरेर जसरी पनि माओवादी केन्द्रले चुनाव जित्नुपर्ने बताउनुभयो ।

यसपालीको चुनावमा संघ र प्रदेशमा विजयी हासिल गरेर यहाँबाट देशभर नै एकताको सन्देश दिनुपर्नेमा नेता पुनले जोड दिनुभएको छ । यसको लागि सबै एक ढिक्का र रुपान्तरण भएर जान आवश्यक रहेको उहाँले औल्याउनुभएको छ । बिचमा पार्टी भित्र विभिन्न खालका उतारचढाव आएपनि यी समस्याहरु विस्तारै समाधान हुदै जाने बताउदै नेता पुनले कोहि कसैलाई विचलित नहुन पनि आग्रह गर्नुभएको छ ।

संघ र प्रदेशसभाको चुनाव नजिकिदै गएको बताउदै उहाँले सबै नेता कार्यकर्तालाई चुनावी तयारीमा जुट्न पनि निर्देशन गर्नुभएको छ ।