रुकुम पूर्वको सिस्ने गाउँपालिकामा विभिन्न निर्णय गर्दै पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकले पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति पुनर्गठन गरेको छ ।

जसको अध्यक्षमा रेग्मी उपाध्यक्षमा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले सहित २३ जनाको समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा अधिकृत छैटौ अरुण कुमार ओली रहनु भएको छ ।

यस्तै बैठकले आगामी असोज भित्र गाउँपालिकाका सवै वडामा वडास्तरिय खाद्य सुरक्षा निर्देशक समिति गठन गरि सक्ने पनि निर्णय गरेको छ ।
बैठकमा पोषण कार्यक्रमबाट गत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न भएका कार्यक्रमको बारेमा समिक्षा गरिएको थियो । कार्यक्रमबाट गाउँपालिकामा अहिलेसम्म भएका प्रगतिको बारेमा प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी गराउनु भएको थियो ।

बैठकमा गाउँपालिका अध्यक्ष रेग्मी, उपाध्यक्ष रेउले सहित आठ वटै वडाका वडा अध्यक्ष र गाउँपालिका भित्रका सम्बन्धित शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सुआहारा कार्यक्रमका फिल्ड संयोजक जगदिस खड्काले गर्नुभएको थियो ।