नेकपा एकीकृत समाजवादी रूकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

आइतबार मुसिकोटमा बसेको पार्टीको निर्वाचन समन्वय कमिटिको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र नम्वर (क) को लागि हरिप्रसाद शर्मा, सुरज कुमार परियार, सिताराम देवकोटा र भगवती शाहीको नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार प्रदेश निर्वाचन क्षेत्र (ख) को लागि शेर बहादुर के.सी, कल्याणी खडका, रबिन्द्र बिष्ट र चिना बि.कको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा तर्फ ठगेन्द्रप्रकाश पुरी, देवी ओली र माधव गौतमको नाम सिफारिस गर्ने निर्णय भएको शर्माले बताउनुभएको छ ।