
अरुको नामबाट परीक्षा दिने एक बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित श्री यमुना नन्द नमूना माविमा संचालन भइरहेको कक्षा १० को एसइईको ग्रेड बृद्धि परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका हुन ।
जिल्लाको आठबिसकोट नगरपालिका १४ का १९ बर्षिय बिरेन्द्र मल्ल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक डिएसपी बिष्णु प्रसाद सोतीले जानकारी दिनुभयो ।
पक्राउ परेका मल्ललाई शिक्षा ऐन अन्तर्गतको मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि कार्वाहीका लागि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मल्लले नेपाली बिषयको परीक्षा अर्कै व्यक्तिको नामबाट दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।