लुम्बिनी प्रदेश सरकारले प्रदेशभर भोली सार्वजनिक बिदाको घोषणा गरेको छ । हरितालिका तीजको अवसर पारी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको छ । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर तीजका दिन बिदा दिने गरी निर्णय भएको थियो ।