आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी रूकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । सदरमुकाम रुकुमकोटमा बसेको पार्टीको जिल्ला कमिटि बैठकले प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेद्धारको नाम सिफारिस गरेको हो ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र नम्वर (क) को लागि भिउमान घर्ती, सुनिता बुढा, भागी प्रसाद वि.क र काशिराम पुनको नाम सिफारिस गरेको पार्टीका जिल्ला सचिव भुवनेश्वर उपाध्यायले जानकारी दिनुभएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) को लागि भुवनेश्वर उपाध्याय, ललिता बुढा, केशब शाह र बसन्त गौतमको नाम सिफारिस गरेको छ ।
सचिव उपाध्यायका अनुसार प्रतिनिधि सभाको लागि टिकाराम उपाध्याय, मोहन बहादुर के.सी, भक्त के.सी र भारती नेपालीको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय भएको छ ।

बैठकले आगामी निर्वाचनको लागि भिउमान घर्तीको संयोजकत्वमा एक सय ५ सदस्य निर्वाचन परिचालन कमिटि पनि गठन गरेको छ ।