उर्जा जलस्रोत तथा सिँचाइ विकास सब डिभिजन कार्यालय रुकुम पूर्वका प्रमुख योगेन्द्र महत्तो प्रदेश सरकारबाट सम्मानित हुनु भएको छ । लुम्बिनी प्रदेश सरकार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट कार्यालय प्रमुख महत्तो सम्मानित हुनु भएको हो ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रथम वार्षिकोत्सव तथा प्रदेश जलस्रोत दिवसको उपलक्ष्यमा महत्तोलाई सम्मान गरिएको छ । रुकुम पूर्व जस्तो हिमाली जिल्लामा लामो समय सम्म कार्यरत रही निस्वार्थ सेवा भावले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ, महत्तोलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सिँचाइ मन्त्रलायका सब–डिभिजन कार्यालय छन् । जस मध्य रुकुम पूर्वका कार्यालय प्रमुख महत्तो उत्कृष्ट प्रमुख र उत्कृष्ट कार्यालयको रूपमा रुपन्देहीलाई मन्त्रलायले सम्मान गरेको छ  ।