रुकुम पूर्व । रुकुमकोटका दुई ठुला ट्याङकीमा क्लोरीन राखिएको छ । सिस्ने गाउँपालिका र युनिसिएफको सहयोगमा ५ र ६ नम्बर वडाका दुई टयाङकीमा क्लोरिन राखिएको हो ।
५ नम्बर वडाको मैदानमा रहेको पुरानो खानेपानी ट्याङकी र ६ नम्बर वडा स्थित लुष्पामा रहेको खानेपानी ट्याङकीमा क्लोरिन राखिएको छ । दुई वटै ट्याङकी एक लाख भन्दा बढि क्षमताका हुन । यि ट्याङकीबाट रुकुमकोट उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण भइरहेको छ ।
बर्खाको समयमा शुद्ध पानीको मुहान अन्य ठाउँबाट आउने दुषित पानीको मिश्रणबाट प्रदुषित हुने हुदाँ त्यसको नियन्त्रण गर्न पानि शुद्धिकरणको उपाए अपनाएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । हामिले प्रयोग गर्ने पानीका मुहान हेर्दा शुद्ध देखिन्छन छन उहाँले भन्नुयो तर बर्खाको भेलका कारण पानी प्रदुषित पनि हुन सक्छ । पानीमा भएका किटानु नष्ट गरि नागरिकका घरमा सफा पानी वितरण गर्न क्लोरिनको प्रयोग सुरु गरिएको अध्यक्ष रेग्मीले बताउनु भएको छ ।
पानीबाट ८० प्रतिशत रोगहरु फैलिने तथ्यलाई ध्यानमा राखि पानी शुद्धिकरणको विधि उपनाइएको उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । पानीलाई संक्रमित गर्न सक्ने सूक्ष्मजीवहरू हटाउन र पानीमा भएका किटानु मार्न क्लोरीनले सहयोग गर्ने उहाँको भनाई छ । तत्काल परिक्षणको रुपमा दुई ट्याङकीमा मात्र राखिएको क्लोरीन भोलीका दिनमा अन्य ट्याङकीमा पनि राख्ने गाउँपालिकाले जनाएको छ ।
क्लोरीन राख्ने तरिकाको विषयमा दुवै वडाका प्राविधिकलाई पनि सिकाइएको छ । खानेपानी प्राविधिकले प्रत्येक हप्ता ट्याङकीमा क्लोरीनको प्रयोग गर्ने छन ।
खानेपानी ट्याङकीमा पानी शुद्धिकरण गर्ने विधि अपनाएको भएपनि धाराको पानी सफा कपडाले छानेर प्रयोग गर्न र उमालेको पानी मात्र पिउन गाउँपालिका उपाध्यक्ष रेउलेले सवैमा अनुरोध गर्नुभएको छ । केहि हप्ता अघि मात्र गाउँपालिकाको सहयोगमा लुष्पाको पानीमा युनिसिएफले गरेको परिक्षणको क्रममा हैजाको जीवानु भेटिएको थियो ।