रुकुम पूर्व । सदरमुकाम रुकुमकोटबाट प्रशारण भइरहेको रेडियो पूर्वीले एकै पटक ६ जना कर्मचारीलाई बिदाई गरेको छ । रेडियो स्थापना काल देखि काम गर्दै आएका समाचार लेखन तथा प्रस्तोता, कार्यक्रम प्रस्तोता, प्राविधिक, बजार व्यवस्थापक, लेखापाल र स्टेसन मेनेजर गरि ६ कर्मचारीले एकैपटक रेडियो छोडेका हुन ।

समाचार तथा कार्यक्रम प्रस्तोता सर्जना कार्की, जयमान बुढामगर, विक्रम परियार, प्राविधिक तथा बजार व्यवस्थापक जितेन्द्र बुढाथोकी, लेखापाल मिना के.सी र स्टेसन मेनेजर गनेश ओलीले रेडियो छोडनु भएको हो ।

रेडियो छोडेका सवैलार्ई शनिवार एक कार्यक्रमको आयोजना गरि रेडियोले विदाई गरेको छ । अविर आवरण, दोसल्ला र मायाको चिनो प्रदान गरि सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र रेडियोका अध्यक्ष लालबहादुर वि.सीले विदाई गर्नु भएको हो ।


रेडियो छोडेका सवैले सरकारी कार्यालय तथा अन्य मिडियामा काम गरि रहनु भएको छ । कार्की राष्ट्रिय समाचार समिति राससको रुकुम पूर्व संवाददाता र मुलुक पाटी अनलाइनको समाचार सम्पादकको रुपमा काम गर्दै आउनु भएको छ । बुढाथोकी सिस्ने गाउँपालिकाको प्रेस संयोजक, बुढा गोरखापत्र दैनिकको रुकुम पूर्व संवाददाता र परियार हिमालय टेलिभिजनको जिल्ला संवाददाताको रुपमा काम गरि रहनु भएको छ ।

यसैगरी के.सी सिस्ने गाउँपालिका ३ नम्बर वडा सदस्यमा निर्वाचित भई कार्यपालिका सदस्यमा काम गरिरहनु भएको छ । रेडियोका स्टेसन मेनेजर वली सुरु देखि लुम्बिनी प्रदेशका सभामुखको प्रेस संयोजकको रुपमा काम गरि रहनु भएको छ । उहाँ रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

रेडियोले नयाँ कर्मचारीलाई स्वागत पनि गरेको छ । प्राविधिक सावित्री खत्री र श्रीधर खड्का, समाचार प्रस्तोता कविता शाह, अनुज पछाँई र लेखापाल प्रदिप खड्कालाई अविर र दोसल्ला सहित स्वागत गरिएको रेडियो पूर्वी रुकुमले जनाएको छ । स्टेसन मेनेजरको जिम्मेवारी रेडियोका प्राविधिक प्रमुख बसन्त बाठा मगरलाई दिइएको छ ।