नेकपा एमाले रुकुम(पूर्व) ले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभाका दुई वटै क्षेत्र र संघको प्रत्यक्ष तथा समानुपातीकतर्फ गरि २१ जनालाई उम्मेद्वारको लागि सिफारिस भएका हुन् ।
एमालेले प्रत्यक्षतर्फ प्रदेश क्षेत्र नम्बर क मा आशा स्वर्णकार, तेजेन्द्र बुढा मगर र मोहन भक्त बुढा मगरलाई सिफारिस गरेको छ । यहि क्षेत्रको लागि समानुपातीकतर्फ केश कुमारी तुलाचन, सारिका पुन मगर
र दिपा सुनुवार तीन जना सिफारिस हुनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर ख मा प्रत्यक्षतर्फ पशुपति खडका, लीलामणी गौतम, भावना बुढाथोकी र हरिहर पौडेल सिफारिस हुनुभएको छ । यसै क्षेत्रमा समानुपातीकतर्फ खेममान खडका, फत्ते ओली, रनजित नेपाली, रामलाल केसी र गोपाल सुनार सिफारिस हुनुभएको नेकपा एमाले जिल्ला कमिटीले जानकारी दिएको छ ।
यस्तै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ टोपबहादुर ओली, कैलाश कुमार मल्ल र नुमेन्द्रा खडका सिफारिस हुँदा समानुपातीकतर्फ नन्दलाल शर्मा, लक्ष्मी प्रसाद पुन मगर र उपेन्द्रलाल कामीलाई एमालेले सिफारिस गरेको छ ।