रुकुम(पूर्व) मा निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कार्यालय र कर्मचारी सम्मानित भएका छन् । १९ औ निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा रुकुम(पूर्व) स्थित जिल्ला निर्वाचन कार्यालयलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रमाणपत्रले सम्मानित गरिएको हो । यस कार्यालयमा अहिले कार्यालय प्रमुखको रुपमा तेजकुमार ओली हुनुहुन्छ ।

यस्तै उत्कृष्ट काम गर्ने तीन जना कर्मचरी पनि सम्मानित भएका छन् । भूमे गाउँपालिका २ काँक्रिका स्वास्थ्यचौकी इन्चार्ज तिलक रोका मगर, डिभिजन वन कार्यालयका नविक विष्ट र सरकारी वकिल कार्यालयका गोपाल पौडेल सम्मानित हुनभएको छ । उहाँहरु तीन जनालाई उत्कृष्ट काम गरेको भन्दै सम्मान पत्रले सम्मानित गरिएको हो ।