नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि उम्मेद्वार सिफारिस गरेको छ । २१ र २२ गतेको निरन्तर छलफलपछि माओवादी जिल्ला समन्वय समिति रुकुम (पूर्व) ले संघ र प्रदेशको चुनावमा भाग लिने उम्मेद्वारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा चुनावको लागि प्रत्यक्षतर्फ गनेशमान पुन, पूर्ण घर्ती, कमला रोका, दलजित शेर्पाली र जुनकुमारी रोकालाई सिफारिस गरिएको छ । यस्तै प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर क बाट प्रत्यक्षतर्फ तेजबहादुर ओली, रामसुर बुढामगर, जिताराम कामी, भिमकुमारी पुन, संगम रोका, ओमकुमारी शाही, कालिप्रसाद रोका र तारक पुनको नाम सिफारिस गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर ख बाट लालबहादुर विष्ट, धनमान पुन, कुमारी बराल, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले जानकारी दिएको छ । यस्तै प्रतिनिधिसभाको समनुपातिक तर्फ पूर्णी घर्ती, सुबोधराज सेर्पाली र जगत घर्तीलाई सिफारिस गरिएको छ भने प्रदेशसभाको समानुपातिक तर्फ दिलु बुढा, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भूलबहादुर विकको नाम सिफारिस गरिएको छ ।
एमाले र कांग्रेसले भने यस अघि नै प्रतिनिधि र प्रदेशसभाकोे निर्वाचनको लागि उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् ।