राष्ट्रिय पजातन्त्र पार्टी रुकुम पूर्वले आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनको लागि ६ जनाको नाम सिफारिस गरेको छ । सदरमुकाम रुकुमकोटमा भएको छलफलपछि आकाङ्क्षी ६ उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरि पठाइएको अध्यक्ष सुधीर विक्रम शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिनिधि सभा प्रत्यक्ष तर्फ खिमबहादुर खत्री र मोहन जंग शाहीको नाम सिफारि गरिएको छ । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट जमानसिंह बुढा र बयरदया पुनको नाम सिफारिस भएको छ । यसैगरी यता प्रदेश क्षेत्र (ख) बाट केशबचन्द्र समाल र मदनसिंह ठकुरीको नाम सिफारिस गरि केन्द्रमा पठाइएको छ ।