आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावको गतिविधिले रुकुम(पूर्व) को माहोल तातिएको छ । यतिबेलामा चुनावको लागि उम्मेद्वार सिफारिस गर्नेदेखि लिएर पार्टीको भेला, बैठक, प्रशिक्षण सञ्चालन र घोषणा पत्र बनाउनमा राजनितिक दलहरु व्यस्त छन् । यसै दौरानमा जिल्लाका सबै ठुला दलहरुले उम्मेद्वार सिफारिसको काम सम्पन्न गरेका छन् ।

यस जिल्लाबाट नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले प्रतिनिधिसभा चुनावको लागि प्रत्यक्षतर्फ गनेशमान पुन, पूर्ण घर्ती, कमला रोका, दलजित शेर्पाली र जुनकुमारी रोकालाई सिफारिस गरेको छ । प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर (क) बाट तेजबहादुर ओली, रामसुर बुढामगर, जिताराम कामी, भिमकुमारी पुन, संगम रोका, ओमकुमारी शाही, कालिप्रसाद रोका र तारक पुनको नाम सिफारिस गरिएको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर (ख) बाट लालबहादुर विष्ट, धनमान पुन, कुमारी बराल, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले जानकारी दिएको छ । यस्तै प्रतिनिधिसभाको समनुपातिक तर्फ पूर्णी घर्ती, सुबोध सिर्पाली र जगत घर्तीलाई सिफारिस गरिएको छ भने प्रदेशसभाको समानुपातिक तर्फ दिलु बुढा, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भूलबहादुर विकको नाम सिफारिस गरिएको छ ।

नेकपा एमालेले प्रत्यक्षतर्फ प्रदेश क्षेत्र नम्बर (क) मा आशा स्वर्णकार, तेजेन्द्र बुढा मगर र मोहन भक्त बुढा मगरलाई सिफारिस गरेको छ । यहि क्षेत्रको लागि समानुपातीकतर्फ केश कुमारी तुलाचन, सारिका पुन मगर र दिपा सुनुवार तीन जना सिफारिस हुनुभएको छ । निर्वाचन क्षेत्र नम्बर (ख) मा प्रत्यक्षतर्फ पशुपति खडका, लीलामणी गौतम, भावना बुढाथोकी र हरिहर पौडेल सिफारिस हुनुभएको छ । यसै क्षेत्रमा समानुपातीकतर्फ खेममान खडका, फत्ते ओली, रनजित नेपाली, रामलाल केसी र गोपाल सुनार सिफारिस हुनुभएको नेकपा एमाले जिल्ला कमिटीले जानकारी दिएको छ ।

यस्तै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ टोपबहादुर ओली, कैलाश कुमार मल्ल र नुमेन्द्रा खडका सिफारिस हुँदा समानुपातीकतर्फ नन्दलाल शर्मा, लक्ष्मी प्रसाद पुन मगर, निर्माण बुढा र उपेन्द्रलाल कामीलाई एमालेले सिफारिस गरेको छ ।

यस्तै नेपाली कांग्रेसले प्रदेश सभा, प्रतिनिधि सभा र समानुपातिक गरी २५ जना आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन (क) प्रत्यक्ष तर्फ तिलबहादुर घर्ती, धुतकुमार पुन (गुमाने), कुसुमदेवी पुन, बच्चू पुन, र पूर्णबहादुर मल्ललाई सिफारिस गरेको छ । समानुपातिक तर्फ जितप्रसाद पुन, काजिमान घर्ती, कर्मचिज पुन, तेजेन्द्र खाम, जानबहादुर सेनलाई सिफारिस गरिएको जिल्ला कार्य समितिले जानकारी दिएको छ ।

यस्तै प्रदेश निर्वाचन (ख)बाट प्रत्यक्ष तर्फ गञ्जुसिङ बुढा, भीमबहादुर खड्का, दत्तबहादुर बस्नेत, धनबहादुर केसी र दन्दबहादुर विष्टलाई सिफारिस गर्दा समानुपातिक तर्फ सरिता बिसी, प्रकाश केसी, तिलकबहादुर बुढा, कमला खड्का केसी र पञ्चमान बुढाकको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फ हरिशङ्कर घर्ती, सत्यप्रकाश रोका र गोर्खलाल खड्का सिफारिस हुनुभएको छ भने समानुपातिक तर्फ केशरमान रोका र भावना खड्कालाई सिफारिस गरिएको छ ।

नेकपा एकीकृत समाजवादीले प्रदेश निर्वाचन (क)बाट भीउमान घर्ती मगर, सुनिता बुढा, भागीप्रसाद बिक र काशिराम पुन उम्मेदवारका आकाङ्क्षीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । यस्तै प्रदेश निर्वाचन (ख)बाट भुबनेश्वर उपाध्याय, ललिता बुढा, केशव शाह र बसन्त गौतमको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाको लागि टिकाराम उपाध्याय, मोहनबहादुर केसी, भक्त केसी, भारती नेपालीलाई सिफारिस गरिएको नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीले जानकारी दिएको छ ।

यस्तै राष्ट्रिय पजातन्त्र पार्टी रुकुम(पूर्व) ले संघ र प्रदेश निर्वाचनको लागि ६ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ खिमबहादुर खत्री र मोहन जंग शाहीको नाम सिफारि गरिएको छ । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट जमानसिंह बुढा र बयरदया पुनको नाम सिफारिस हुदा प्रदेश क्षेत्र नम्बर (ख) बाट केशबचन्द्र समाल र मदनसिंह ठकुरीको नाम सिफारिस गरि पठाइएको छ ।