हिकमत पोर्तेल

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नम्बर १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहिन भएको विज्ञानका बुबा जगतप्रसाद पुनले बताउनुभयो ।

परिवारको अन्य सदस्य काममा गएको बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजिनिती गर्दा पनि अहिलेसम्म फोला पार्न नसकिएको किशोर बुबाले बताउनुभएको छ । पहिले राम्रै ति किशोरको विगत एक वर्ष यता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ ।

ती किशोरलाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजिदिन आग्रह गरेका छन । परिवारले किशोरलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा र परिवारको नमोबाइल नम्बर ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।