लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा महिला भलिबल तर्फ रुकुम(पूर्व) ले सानदार जित निकालेको छ । दाङमा सञ्चालन भइरहेको प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूद प्रतियोगितामा महिला तर्फको भलिबलमा पहिलो पटक रुकुम(पूर्व) ले प्रथम स्थान हासिल गरेको हो । रुकुम(पूर्व) ले फाइनल गेममा दाङलाई हराउदै विजयी हासिल गरेको हो ।
यसअघि रुकुम(पूर्व) ले पाल्पा, बर्दिया, बाँकेलाई हराउदै फाइनल प्रवेश गरेको थियो ।
साथै महिलातर्फ तेक्वान्दोमा रुकुम(पूर्व) कै बिना बुढा तेस्रो हुनु भएको छ । रुकुम(पूर्व) बाट प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा पुरुष÷महिला भलिबल तर्फ ९÷९ जना, कराते तर्फ एक महिला, ५ पुरुष, तेक्वान्दो तर्फ महिला र पुरुष ५÷५ जना खेलाडीलाई छनोट गरी लगिएको थियो ।
यस्तैगरी बुद्धिचाल तर्फ पुरुष २ जना, एथ्लेटिक्स तर्फ महिला र पुरुष ४÷४ जना, आइटीएफ तेक्वान्दो तर्फ महिला पुरुष ६÷६ जना, बक्सिङ तर्फ पुरुष २ जना र व्याड्मिन्टन तर्फ महिला र पुरुष २÷२ जनालाई जिल्लाबाट छनोट गरी प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धाको लागि सहभागि गराइएको छ । हालसम्म महिला भलिबल र महिला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । अन्य विधिका खेल सञ्चालन हुन बाँकी रहेको छ ।