रुकुम पूर्व । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उपभोक्ता समितिबाट सम्पन्न हुने हरेक योजनालाई विश्वसनीय र दिगो बनाउन निर्देशन दिनुभएको छ । मंगलबार उपभोक्ता समितिका पदाधिकारिका लागि गाउँपालिकाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रम उद्धघाटनका क्रममा रेग्मीले यस्तो बताउनुभएको हो ।

समुदायमा गरिने विकास निर्माणका काममा नागरिककले अपनत्वको विकास गर्न अपरिहार्य छ । उपभोक्ता समितिमा बस्ने पदाधिकारिको कार्यशैली र धारणा परिर्वतन गर्न तालिमको आयोजना गरेका हौ रेग्मीले भन्नुभयो विकासमा स्थानिय नागरिकको अपनत्व भएन भन्ने विकासको विस्तार हुदैन । गएका वर्षका अधिकांश उपभोक्ता समितिमा यो विकास हाम्रो हो भन्ने मानसिकता देखिएन ।

अध्यक्ष रेग्मीले भन्नुभयो तपाईहरु श्रम अनुसारको पारिश्रमिक खाने उपभोक्ता समिति बन्नु पर्छ । विकास निर्माणका काममा अनियमिता गर्ने, कागजमा मात्र काम देखाउने र विकासका योजनालाई कमाई खाने भाडो सम्झिने गलत मानसिकता हटाउन रेग्मीले नव गठित समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

अव सिस्नेका प्रत्येक उपभोक्ता समिति लोकतान्त्रिक विधि अनुसार चल्नु पर्छ । पम्परागत विग्रेका आनिबानिलाई हटाउन जरुर छ । सवैले नियम अनुसार काम गर्दै गए कम बजेटबाट पनि धेरै विकास गर्न सकिन्छ । उहाँँले भन्नुभयो उपभोक्तालाई नयाँ चेतना दिन र समितिबाट सम्पन्न हुने योजनालाई विश्वसनिय, दिगो र गुणस्तरिय बनाउन गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारिका लागि अभिमुखिकरण तालिमको आयोजना गरेको हो ।


केहि उपभोक्ता समितिबाट सम्झौता अनुसार काम सम्पन्न भएपनि नियमानुसारका कागजात नपुग्दा आएका बेरुजुलाई शुन्यमा झार्न र अधिकांश उपभोक्ता समितिको धारणा परिर्वतन गर्न अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका हौ  उहाँले भन्नुभयाे।