
रुकुम पूर्व । सानिभेरी नदिमा बगेर एक पुरुष बेपत्ता भएका छन । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका ८ चारगाउँका ६५ वर्षिय मन बहादुर मल्ल बेपत्ता भएका हुन ।
बिहिबार विहान माछा मार्न जान्छु भनि घरबाट निस्केका मल्ल साझसम्म पनि घर नफर्के पछि खोजि कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहिबार बिहान ७ बजेतिर मल्ल माछा मार्ने सामाग्री सहित सानीभेरी नदि किनार तिर लागेका थिए ।
प्रहरीले शुक्रबार बिहान मात्रै मल्ल बेपत्ता भएको खबर पाएको थियो । उक्त खबर पाए लगतै इलाका प्रहरी कार्यालय प्वाङ र प्रहरी चौकी जाङको संयुक्त टोलिले खोजि कार्य तिव्र पारेको छ । खोजि कार्यमा उनका आफन्तले प्रहरीलाई साथ दिइ रहेका छन ।
मल्लको खोजि गर्दै जादा उनले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका २ स्थित तिप्ताराको नदि किनारमा फेला परेको स्थानिय अनजान ठकुरीले जानकारी दिनुभएको छ । अहिले उनको खोजि भइरहेको छ ।
अप्ठयारो भूगोल, नदिमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजि कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।