रुकुम पूर्व । मध्यपहाडी लोक मार्गको रुकुम खण्ड अवरुद्ध भएको छ । शनिवार राति देखि निरन्तर परिरहेको वर्षाका कारण सिस्ने गाउँपालिका ५ स्थित रानीकोटमा सडक अवरुद्ध भएको हो । सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको यात्रुहरुले बताएका छन ।
सडक अवरुद्ध हुदाँ दाङ, नेपालगंञ्ज, सल्यान र रुकुम पश्चिमबाट जिल्ला भित्रिने सवारी साधन रानीकोटमै रोकिएका छन । यस्तै काठमाडौ, पोखरा, बाग्लुङ रुकुमकोट हुदैँ जिल्लाबाट बाहिरिने सवारी साधन पनि विचमै रोकिएका छन ।

पहिरो हटाउन मध्यपहाडी लोक मार्ग निर्माण गरिरहेको कालिका कन्टस्ट्रक्सनको स्काभेटर पठाउने तयारी गरेको छ । वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भइरहेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभएको छ ।