रुकुम(पूर्व) मा बजार अनुगमण गरिएको छ । नजिकिदै गरेको दशै तिहारमा हुन सक्ने कालोबजारीलाई रोक्न बजार अनुगमण थालिएको हो । आज भूमे गाउँपालिकाका ३१ वटा पसलमा अनुगमण गरिएको छ । गाउँपालिकाको ७ नम्बर वडाको धर्मशाला, ६ नम्बर वडाको महत, २ नम्बर वडाको खाबाङ बगरस्थितका खाद्यान्न, किराना पसल र होटेलको अनुगमण गरिएको हो ।

अनुगमणबाट दश हजार ७ सय ५० रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्तरीय अनुगमण समितिका संयोजक हिरालाल आचार्यले जानकारी दिनुभएको छ । उहाँकाअनुसार अनुगमणको क्रममा सबै भन्दा धेरै म्याद गुज्रिएको सामान आटा निस्किएको छ । यसैगरी बिस्कुट, कोकाकोला लगाएतका म्याद गुज्रिएका सामान बरामद गरिर नष्ट गरिएको हो ।

अनुगमणको क्रममा एउटा घुम्ति गाडीलाई कारबाही गरिएको छ । जिल्लाको भूमे गाउँपालिका ७ स्थित धर्मशालामा पान र भ्याट बिलबिना नै साना व्यापारीहरुलाई सामान बेचिरहेको अवस्थामा फेला परेको गाडीलाई कारबाही गरिएको छ । दाङ्बाट रोल्पा हुँदै सामान बेच्न धर्मशाला पुर्याइएको गाडीलाई तीन हजारको जरिवाना काटिएको छ । उसले साधा बिल काटेर सामान बेचिरहेको अवस्थामा अनुगमण टोलीले फेला पारेको थियो । उक्त गाडीमा भएको सामान पान नम्बर अर्थात भ्याट बिल बिना नबेच्न निर्देशन दिइएको छ । अटेरी गरेको खण्डमा गाडी र चालक दुवैलाई नियन्त्रणमा ल्याइने चेतावनी सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले दिनुभएको छ ।

यस्तै भूमे गाउँपालिका ३ खाबाङमा रहेको जिल्लाको एक मात्र सहकारी बजारमा पनि अखाद्य सामान भेटिएका छन् । सहकारी बजारमा १६ वटा आटाको पोका भेटिएका छन् । लेबलीङ नगरिएको सामानहरु राखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । व्यवस्थापकीय पाटोलाई सुदृढ गर्न सहकारीलाई निर्देशन गरिएको छ । अनुगमण गरिएको पसलहरुमा मुल्य सूचि नराखिएको पाइएको छ भने कतीपय पसलहरु दर्ता बिना नै सञ्चाालनमा रहेको पाइएको छ । सबै व्यापारीहरुलाई मुल्य सूचि राख्न र दर्ता बिना सञ्चालन भइरहेका पसललाई पनि तुरुन्त दर्ता प्रक्रियामा लैजान निर्देशन गरेको अनुगमण टोलीले जनाएको छ ।

पाँच लाख सम्म कारोबार गर्ने व्यवसायीलाई स्थानीय तहमा र त्यस भन्दा माथीको कारोबार गर्ने व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला उद्योग बाणीज्य संघमा पुगेर व्यवसाय दर्ता गर्नुका साथै आन्तरिक राजश्व कार्यालय श्रीनगरमा गएर पान नम्बर लिन अनुरोध गरिएको छ ।

रुकुम(पूर्व) मा बजारर अनुगमणको प्रभावकारीता देखिदै गएको छ । विगताको वर्षको तुलनामा यस वर्ष गरिएको बजार अनुगमणलाई तुलना गर्दा क्रमिक रुपमा सुधार आउदै गएरहेको घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पूर्व) का उद्योग अधिकृत मधुकर डाँगीले बताउनुभयो । अहिले बजार अनुगमणमा अखाद्य सामाग्री कमै मात्रामा भेटिने गरेको उहाँको भनाई छ ।