रुकुम पूर्व । मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले रुकुम पूर्वले उम्मेद्धारी दर्ता गरेको छ । एमालेका उम्मेद्धार र नेता कार्यकर्ता सहित एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमकोटमा पुगेर संघ र प्रदेश सभा क्षेत्र नम्बर क र ख मा उम्मेद्धारी दर्ता गराएको हो ।
संघमा प्रत्यक्ष तर्फ कैलाश कुमार मल्लले निर्वाचन आयोगमा आफनो उम्मेद्धारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभएको छ ।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर क बाट तेजेन्द्र बुढा मगर र ख बाट भावना बुढाथोकीले मनोनयन दर्ता गर्नुभएको छ । नेकपा माओबादी केन्द्र र नेपाली काङगे्रस लगायतका दलले पनि मनोनयद दर्ता गर्ने तयारी गरेका छन ।