
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि रुकुम(पूर्व) बाट २६ जनाले मनोनयन दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनितिक दल र स्वतन्त्रबाट गरि जम्मा २६ जनाले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधि सभातर्फ ६ जना र प्रदेशसभातर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा पाँच दलिय गठबन्धनबाट गठबन्धनबाट संघमा पूर्णबहादुर घर्तीले मनोनयन दर्ता गराउनुभएको छ । उहाँ माओवादी केन्द्रका हुनुहुन्छ । यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा एउटामा माओवादी केन्द्र र एउटाबाट कांग्रेसले मनोनयन दर्ता गराएको जिल्ला निर्वाच्न अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदेश निर्वाचन क्षेत्र नम्बर क मा माओवादी केन्द्रका तेजबहादुर ओली र निर्वाचन क्षेत्र नम्बर ख बाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराउनभएको छ ।
यस्तै नेकपा एमालेको तर्फबाट संघमा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर क मा तेजेन्द्र बुुढा र निर्वाचन क्षेत्र नम्बर ख मा भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ ।
यस्तै राप्रपाबाट संघमा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेश निर्वाचन क्षेत्र नम्बर ख मा केशवचन्द समालले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र नम्बर क मा भने राप्रपाले उम्मेद्वारी उठाएको छैन् । यस्तै मंगोल नेसनल अर्गनाइजेसनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । यस पार्टीबाट निर्वाचन क्षेत्र नम्बर क मा पुरा पुन र निर्वाचन क्षेत्र नम्बर ख बाट लेखन बुढाले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै १४ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । संघमा एक जनाले स्वतन्त्र मनोनयन दर्ता गर्दा प्रदेशसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा चन्द्रराज झाक्रिले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर क मा रामसुर बुुढामगर, संगम रोका, सुरुल पुन, कालीप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुन हुनुहुन्छ । यस्तै निर्वाचन क्षेत्र नम्बर ख बाट गजेन्द्रबहादुर ओली, नरहरी खड्का, भिमबहादुर खड्का, केशव रावल, पूर्णजंग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ ।