रुकुम पूर्व । जिल्लामा आठ स्वतन्त्र उम्मेदवारले आफनो उम्मेदवारी फिर्ता लिएका छन । प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका १३ स्वतन्त्र उम्मेदवार मध्य एक महिला र ७ पुरुष गरि ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
जिल्लाका दुई निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्बर क बाट ४ र ख बाट ४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका सहायक निर्वाचन अधिकृत केशब पराजुलीले जानकारी दिए ।
टिकेट वितरणका क्रममा पार्टीबाट रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका आठ जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
उम्मेदवारी फिर्ता लिनेहरूमा क्षेत्र नम्बर क बाट नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढा मगर, प्रदेश सदस्य संगम रोका मगर, ओमकुमारी शाही मल्ल र कालिप्रसाद रोका रहेका छन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर ख बाट माओबादी केन्द्रका प्रदेश सदस्य गजेन्द्रबहादुर ओली र दलप्रसाद कामी रहेका छन । यस्तै नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्का र सुरेश थापाले पनि उम्मेदवारी फिर्ता लिएका छन ।
फिर्ता लिएकाले के भन्छन् ?
निर्वाचन क्षेत्र नम्बर क बाट स्वतन्त्र उम्मेदवारी दिएकी माओबादी केन्द्रकी नेतृ ओमकुमारी शाही मल्लले पार्टीले गरेको निर्णय मानेर उम्मेदवारी फिर्ता लिएको बताएकी छिन । सत्ता गठबन्धन दल केन्द्रबाट आएको निर्णय र उम्मेदवारी दर्ता पछि पार्टीले जिल्लामा गरेको निर्णय अनुसार आफुले उम्मेदवारी फिर्ता लिएको उनको भनाई छ । उनले गठबन्धनबाट उम्मेदवार बनेका तेजबहादुर ओलीलाई सहयोग गर्ने पनि बताएकी छिन ।
तर माओबादी केन्द्रबाट टिकेट वितरणमा रुष्ट भइ स्वतन्त्र उम्मेदवारी दिएका रामसुर बुढा मगर, प्रदेश सदस्य संगम रोका मगर, सुरुल पून र कालिप्रसाद रोकाले भन्ने गठबन्धन र पार्टीले गरेको निर्णय नमान्ने बताएका छन । टिकेट वितरणमा पार्टीको ध्यान नपुगेको भन्दै उनिहरुले गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्ने बताएका हुन ।
स्वतन्त्र उम्मेदवार मध्य सुरुल पुनले उम्मेदवारी फिर्ता लिएका छैनन । उम्मेदवारी फिर्ता लिएका कालिप्रसाद रोकाले भन्ने हामि स्वतन्त्रहरुको साझा उम्मेदवारको रुपमा सुरुल पुनलाई समर्थन गर्दै तीन जनाले उम्मेदवारी फिर्ता लिएका छौ । स्वतन्त्र मध्यबाट एक जनालाई साझा उम्मेदवारको रुपमा समर्थन गरेपछि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्ने हुन्न । उनले भने अव स्वतन्त्र उम्मेदवार जिताउन हाम्रो ध्यान केन्द्रित हुनेछ ।
यता क्षेत्र नम्बर ख मा भन्ने स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका सवैले पार्टी र गठबन्धनको निर्णय मानेर जाने बताएका छन । निर्वाचन क्षेत्र ख मा गठबन्धबाट धनबहादुर केसीले उम्मेदवारी दिएका छन । तर अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा माओबादी केन्द्रका नेता केशव रावल र माओबादी केन्द्र निकट नरहरि खड्काले आफनो उम्मेदवारी फिर्ता लिएका छैनन् ।