रुकुम पूर्व । गठबन्धन दलका बागी उम्मेदवार केशब रावलले प्रदेश सभाको उम्मेदवारी कायमै राखेका छन । जिल्लामा सत्तागठबन्धनबाट प्रदेश निर्वाचन क्षेत्र नम्बर ख मा प्रदेशतर्फको उम्मेदवार नेपाली काङग्रेसलाई परेपछि रावले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
माओबादीको आधार इलाका रुकुम पूर्वमा काङग्रेसलाई प्रदेश सभाको उम्मेदवार बनाउने निर्णय कार्यान्वयले माओबादी केन्द्रमा असन्तुष्टि बढेको छ । अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा माओबादी केन्द्रका युवा नेता रावलले गठबन्धनको निर्णय अस्विकार गर्दै आफनो उम्मेदवारी कायम राखेका हुन ।
म १४ वर्षको थिए । बा ले त माओबादी हुन्छस् भने मेरो छोरो होइनस् भने । बा म छोरो जसको भएपनि माओबादी हुँ भनेर घरबाट निस्केको मान्छे फर्केर १९ वर्षपछि काङग्रेस हुन सकिन त्यसैले गठबन्धन पक्षधर सवैसंग माफि चाहान्छु रावलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।
माओबादी आन्दोलनको गौरवशाली इतिहास र रुकुमेली जनभावनाको कदर र सम्मान गर्नुपर्ने दायित्व सम्झेर मैले उम्मेदवारी कायम राखेको छु उनले भनेका छन ।
गठबन्धन दलका नेता कार्यकर्ताले अन्तिम घडीसम्म उम्मेदवारी फिर्ताका लागि धैरै आग्रह गरे । म जनभावना विपरित जान चाहेन । निर्वाचन क्षेत्र र समग्र जिल्लाको गुणस्तरिय विकास, समृद्धि र युवालाई गाउँमै रोजगारीको ग्यारेन्टिका लागि मेरो उम्मेदवारी हो । उनले भने म चुनावी तयारीमा लागि सके पछि हटदैन ।
उम्मेदवारी फिर्ता लिने समयसम्म पनि आफनो उम्मेदवारी फिर्ता नलिएका रावलाई निर्वाचन आयोगले चुनाव चिन्ह जिप प्रदान गरेको छ ।