रुकुम(पूर्व) मा पिछडिएको क्षेत्र र समुदायको लागि उम्मेद्वारी दिएको क्षेत्र नम्बर क का स्वतन्त्र उम्मेद्वारले बताएका छन् । आज बिएलबि होटेलमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर क बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका र उनका समर्थकहरुले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्र निकटका सुरुल पुनले प्रदेशसभा तर्फ क्षेत्र नम्बर क बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँलाई रामसुर बुढामगर, संगम रोका र कालीप्रसाद रोकाले समर्थन गर्नुभएको छ । पिछडिएको क्षेत्र र यस समुदायका मुद्धालाई संबोधन गर्न स्वतन्त्र मनोनयन दर्ता गराएको उम्मेद्वार पुनले बताउनुभयो । उहाँले अमुल्य भोट दिएर आफुलाई विजयी गराउन प्रदेश क्षेत्र नम्बर क बासीलाई अपिल गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवारका समर्थक रामसुर बुढामगरले उत्पीडित क्षेत्रका जनताका मुद्दालाई पूरा गर्नका लागि जनता प्रति उत्तरदायी रहेर राजनीति गर्दै आएका स्वतन्त्र उम्मेद्वाररलाई समर्थन गरेको बताउनुभयो । अहिलेसम्म पुथा उत्तरगंगा गाउँपालिका क्षेत्रबाट प्रदेशसभा र संघमा कूनै पनि मान्छे नपुगेको अवस्थामा यसपाली पुथा उत्तरगंगा गाउँपालिकाबाट उम्मेद्वारी दर्ता गराएका स्वतन्त्र उम्मेद्वारलाई समर्थन गरेको बुढाले बताउनुभयो । पार्टीमा विकृती मौलाउदै गएको र जनताको लागि गरेको १० वर्षे जनयुद्धका मुद्धाहरुलाई बेवास्ता गर्दै गएको कारण आफुहरु बाध्य भएर स्वतन्त्र रुपमा उत्रिनुपरेको बुढाले बताउनुभयो ।

यस्तै अर्का स्वतन्त्र उम्मेद्वार समर्थक संगम रोकाले पिछडिएको क्षेत्रसँगै खामे समुदायबाट आफुहरुले नेतृत्व चाहेको बताउनुभयो । अहिले जनताका समस्या र एजेण्डालाई भन्दा पैसा र पावरको आधारमा टिकट वितरण हुने गरेको पनि उहाँले आरोप लगाउनुभएको छ ।