रुकुम पूर्व । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा रुकुम पूर्वबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवारहरुले मतदाता भेटघाट सुरु गरेका छन । गठबन्धनबाट उम्मेदवारी टुंगिएसँगै उनिहरु मत माग्न गाउँ पस्न सुरु गरेका हुन ।

औपचारिक कार्यक्रम नभई सामान्य घरदैलोे कार्यक्रम सुरु गरेको गठबन्धन दलबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्ण घर्ती (आयाम) ले बताउनुभयो । घर्तीले शुक्रबार सिस्ने ५ स्थित टाकुरा, चोकबजारका बिभिन्न स्थानमा घरदैलो गर्नुभएको थियो ।

आफुहरु पहिलो चरणको घरदैलोमा निस्किएको निर्वतमान सभामुख समेत रहेका घर्तीले बताउनुभयो । निर्वाचनलाई लक्षित गरेर चुनावी सभाको पनि तयारी गरिएको उहाँले बताउनुभयो ।

यसैगरि प्रदेश सभा ख का गठबन्धनका उम्मेदवार धनबहादुर केसी (डिबी)ले पनि शनिवार सिस्ने ५ स्थित टाकुरा, चोकबजार, शिला लगायतका बस्तिबाट घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ ।

गठबन्धनका साझा उम्मेदवार घर्ती र केसीले संविधान र व्यवस्थाको रक्षाका लागि बाम लोकतान्त्रिक उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभएको छ । जिल्लाको समृद्धि र विकासलाई सवै ठाउँ र वर्गका जनता सामु पुर्याउन गठबन्धनका उम्मेद्धवारलाई जिताउनुको विकल्प नभएको उहाँहरुको भनाई छ ।

जनयुद्धको उद्धम स्थलको रुपमा परिचीत रुकुमलाई विकास र समृद्धिको पहिचान दिन अहिलेको गठबन्धन अपरिहार्य रहेको दुवै उम्मेदवारले बताउनुभयाे ।