रुकुम पूृर्व । मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना भएको छ । डुङ्गा दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ, भने तीन नेपाली बेपत्ता भएका छन ।

अवैध बाटो मार्फत अमेरिका जान लागेका २५ जना चढेको डुङ्गा दुर्घटना भएको हो । बेपत्ता हुनेहरुमा दुई जना युवा रुकुम पश्चिम र एक जना प्युठानका रहेका छन ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्युठानका काले गिरी दुर्घटनामा परेर बेपत्ता भएका पारिवारीक श्रोतले जानकारी दिएको छ ।

अक्टोबर १३ तारिखको राती पानामा देशको राजधानी पानामा शहरस्थित समुद्रमा डुङ्गा दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि परिवारको सम्पर्कमा आएका मुसिकोट नगरपालिका १ का दिनेश खनालका अनुसार दुर्घटनामा परेर जीवित रहेकाहरुलाई त्यहाँको सेनाले हवाई जहाज मार्फत कोष्टारिका लिएको छ ।

उक्त दुर्घटनामा अन्य के कति क्षति भएको भन्ने बारेमा पुरा विवरण आएको छैन ।