रुकुम पूर्व । सिस्ने गाउँपालिकाले गाउँपालिका भित्र चल्ने अटो इ रिक्साको भाडा निर्धारण गरेको छ । आज गाउपालिकाको कार्यालय रुकुमकोटमा बसेको इ – रिक्सा व्यवस्थापन तथा संचालक समितिको बैठकले भाडादर निर्धारण गरेको हो । बैठकले न्यनतम भाडादर ५० रुपैया तोकिएको छ भने लामो रुटमा प्रति किलोमिटर १५ रुपैयाका दरले भाडादर लागु गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए ।
उनका अनुसार गाउँपालिकामा अटो रिक्सा व्यबस्थापनको लागी नौ वटा रुटहरु पनि कायम गरिएको छ । छिप्रदहलाई केन्द्र बनाएर रुटहरु कायम गरिएको हो । जस अन्तर्गत छिप्रिदहदेखि खोपिचार, धौलापहिरा, रुमालबारा, लुष्पा छिप्रिदह रिङरोड, बाहुनठाना चोकबजारसम्मको रुटहरु कायम गरिएको छ ।
त्यस्तै छिप्रिदहदेखी नाथीगाड, धाउने वालुवा र पाखागाउँ सम्मको रुट कायम गरिएको अध्यक्ष रेग्मीले बताए । उनका अनुसार अटो तथा इ रिक्सा दर्ता गरेर चलाउने निर्णय पनि बैठकले गरेको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, प्रहरी नायव उपरिक्षक प्रकाश डागी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकाश बिक्रम शाह, प्रशासन अधिकृत चिन्तामणी दाहाल, वडा नम्बर ८ का अध्यक्ष गोपाल पुन, प्रहरी नायब निरिक्षक तथा जिल्लाका ट्राफिक प्रमुख ज्ञानबहादुर खत्री लगाएत गाउँपालिकामा अटो सञ्चालन गदै आएका व्यवसायी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।