रुकुम पूर्व । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्ण घर्तीले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन । संयूक्त बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समन्वय समितिले सदरमुकाम रुकुमकोटमा सोबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै घर्तीले यस्तो बताएका हुन ।

लुम्बिनी प्रदेशको निवर्तमान सभामुख समेत रहेका घर्तीले संघीयता, गणतन्त्र, र धर्मनिरपेक्षतालाई बचाउन र राष्ट्रको समृद्धिको लागि बाम गठबन्धन अपरिहार्य रहेको बताए । नेपालको राजनीतिक अबस्थाले जुन गठबन्धन सिर्जना गरेको छ । घर्तीले भने काङग्रेस र माओबादी केन्द्र एक बिपरित धुब्रका पार्टी हुन । तर आजको राजनीतिक स्थितिले दुबै पार्टीलाई एक ठाउँमा उभ्याएको छ ।

प्रेम र राजनीतिमा कहिल्यै पनि निश्चित सिमा र बन्धन हुदैन उनले भने प्रेममा कुनै जात, जाति, भाषा, भाषी, धर्म, संस्कृति, उमेर र क्षेत्र भन्ने कुरा रहदैन । त्यस्तै राजनीतिमा पनि निरपेक्ष ढगंले सधैभरिको बिरोधी र सधैभरीको मित्र भन्ने हुदैन ।

त्यसैले हामि लोकतान्त्रिक विधि र संस्कृतिमा छौ । अहिले बाम लोकतान्त्रिक गठबन्धन नभएको भए संसद विगठन मात्र होइन । संघीयता नै मास्ने काम हुन्थ्यो । घर्तीले भने त्यो हिसाबले हजारौ सहिदहरुको बलिदानबाट प्राप्त भएको जुन संघीयता र संविधान हो । त्यसलाई बचाउन बाम लोकतान्त्रिक गठबन्धन आवश्यक छ ।

हामिले राष्ट्रको समृद्धिको खाका कोर्न सक्छौ । गठबन्धन दलका साझा उम्मेदवारलाई विजय गराए मात्र जिल्लाको समृद्धि र विकास गर्न सकिन्छ । म माओबादी केन्द्रको सदस्य भएपनि सवैको साझा उम्मेदवार हो । उनले थपे म साझा प्रतिनिधिको हिसाबले जिल्लाको विकासको लागि काम गर्ने प्रतिवद्धता जनाउछु ।

म भन्दा माथि दल मेरो पार्टी छ । पार्टीको निर्देशन अुसार काम गर्ने मेरो दायित्व हुनेछ । यस हिसावले देशको निति निर्माण संगै जिल्लाको समग्र विकासको लागि जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता जनाउछु उनले पत्रकार सम्मेलनका क्रममा भनेका छन ।

फरक प्रस‌ङगमा बोल्दै घर्तीले गठबन्धनबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न  आग्रह गरेका छन । आवेगमा आएर गरेको निर्णयले स्वयम आफैलाई हानी गर्छ । उम्मेदवारी फिर्ता लिएर पुरानै घरमा फर्किनुस् । उनले भने हामि संगसंगै अघि बढौ ।