रुकुम पूर्व । सत्ता गठबन्धनमा आवद्ध तीन दलले निर्वाचन केन्द्रीत कार्यालय स्थापना गरेका छन । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रचारप्रसार र उम्मेदवारको सम्पर्कका लागि सदरमुकाम रुकुमकोटमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
सोमबार सम्पर्क कार्यालयको प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम्ं लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्ण घर्तीले उद्धघाटन गरे ।
जिल्लाबाट सत्ता गठबन्धनमा आवद्ध रहेका नेपाली काङग्रेस, नेकपा माओबादी केन्द्र र एकिकृत समाजबादीका नेता कार्यकर्ताले कार्यालय स्थापना गरेका हुन । सम्पर्क कार्यालयको नाम संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समन्वय समिति राखिएको छ ।
चुनावसम्म गबन्धनले गर्ने सम्पूर्ण चुनावी कृयाकलापहरु सम्पर्क कार्यालयबाट गर्ने गरि कार्यालय स्थापना गरिएको निर्वाचन क्षेत्र नम्बर (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर केसीले बताए । गठबन्धनको चुनावी प्रचारप्रसारलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्पर्क कार्यालयले महत्वपूर्ण भुमिका निभाउने उम्मेदवार केसीको भनाई छ ।
कार्यालय उद्घाटन कार्यक्रममा घर्ती सहित प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) का गठबन्धन दलका साझा उम्मेदवार तेजबहादुर ओली, निर्वाचन क्षेत्र नम्बर (ख) का गठबन्धनका उम्मेदवार धनबहादुर के.सी, निर्वाचन क्षेत्र नम्बर (क) का सामानुपातिक उम्मेदवार भिउमान घर्ती, निर्वाचन क्षेत्र नम्बर (ख) की समानुपातिक उम्मेदवार सरिता विसी लगायत गठबन्धन दलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।