रुकुम पूर्व । गठबन्धनको आन्तरिक कार्यक्रममा स्वतन्त्र उम्मेदवार समर्थकले अवरोध गरेका छन । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा चुनावको आन्तरिक तयारीको लागि हिडेका सत्ता गठबन्धनका उम्मेदवारको टिमलाई स्वतन्त्र समर्थकले अवरोध गरेका छन । गठबन्धन बैठकको लागि पुथाउत्तरगंगा ६ मयाङ हिडेका तेजबहादुर ओली सहितको टोलीलाई स्वतन्त्र उम्मेदवारले सोहि गाउँपालिका १२ को क्युवाङमा रोकेका छन ।
क्युवाङ पुथाउत्तरगंगा गाउँपालिकाको प्रवेशदवार हो । गठबनधनका समुहलाई स्वतन्त्र उम्ममेदवार समर्थकले कालो झण्डा देखाएका छन । उनिहरुले उम्मेदवार ओली समुहलाई अघी बढन नदिने चेतावनी पनि दिएका छन । जसले गर्दा यो समाचार तयार पार्दासम्म ओली सहित गएको टोली क्वाङमा रोकिएको छ ।
यो टोली भुमे गाउँपालिकाबाट मंगलबार विहान पुथाउत्तरगंगा गाउँपालिका हिडेको थियो । विहान साढे ९ बजे क्युवाङ पुगेको टोली अहिलेसम्म त्यहि बसेको छ । क्युवाङमा स्वतन्त्र उम्मदवार समर्थकले २ वटा कालो झाण्डा सहित गठबन्धनको टोलीलाई गाउँ पस्न नदिन नारा बाजी गरिरहेका छन । उनीहरुलाई इलाका प्रहरी कार्यालय तकसेराले रोक्ने प्रयास गरिरहेको छ ।
घटनाले उग्र रुप लिन सक्ने भन्दै अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कृष्ण खत्री सहितको टोली क्युवाङ प्रस्थान गरेको छ । स्वतन्त्र उम्मेदवार समर्थकको अर्काे समुह पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तक प्रवेश गर्ने प्रवेशद्धारमा बसेको छ ।
गठबन्धनका उम्मेदवार आउने थाहा पाएपछि विहानै देखि स्वतन्त्र उम्मेदवार गेटमा बसिरहेका इलाका प्रहरी कार्यालय तकका इन्चार्ज खडक बुढा मगरले जानकारी दिए । उनका अनुसार स्वतन्त्र उम्मेदवार समर्थकले गाउँलेलाई गठबन्धनको विरोधका लागि जम्मा हुन भनेका थिए ।
गठबन्धनको आन्तरिक कार्यक्रममा हिडेको समुहलाई गाउँ जान नदिने साथै गाउँ गए जे पनि हुन सक्ने धम्की स्वतन्त्र उम्मेदवार समर्थकले दिएका छन । निवार्चन क्षेत्र नम्बर (क) मा सत्ता गठबन्धनमा आवद्ध माओबादी केन्द्र, नेपाली काङग्रेस र एकीकृत समाजबादीका साझा उम्मेदवारको रुपमा तेजबहादुर ओलीले उम्मेदवारी दिएका छन । उनी भूमे गाउँपालिका ६ का हुन ।
सोहि निर्वाचन क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार प्रति असन्तुष्टि जनाउदै माओबादी केन्द्रका नेता सुरुल पुन र नेपाली काङग्रेसका दुत कुमार पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन । सुरुल पुथाउत्तरगंगा १ र दुतकुमार १२ का हुन ।