निराजन सिर्पाली
रुकुम पुर्व । सिस्ने गाउँपालिका ३ पोखरामा ३ र ४ नम्बर वडाको संयुक्त बाम गठबन्धनको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको भएको छ । प्रदेश सभा क्षेत्र नम्बर (ख) का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार धनबहादुर केसी को प्रमुख उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले संविधानको रक्षा, लोकतान्त्रिक अभ्यास जोगाउन र आम जनताको समस्या समाधान गर्न गठबन्धन आजको आवश्यकता भएको बताए । लोकतान्त्रिक बाम गठबन्धन समय र परिस्थितिले सृजना गरेको उनको भनाई छ ।

चुनाव जित्नको लागि मात्र नभई आम जनताका समस्या समाधान गर्न र देशमा विकासको क्रान्ति ल्याउन भोली पनि यो गठबन्धन आवश्यक रहेको उनले बताएका छन ।

म कुनै स्वार्थको लागि उम्मेदवार भएको छैन केसीले भने मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । रुकुमको समृद्धि र बिकासका लागि मेरो उम्मेदवारी हो । जनताको मालिक नभई सेवक भएर नितान्त जनताको सेवा गर्ने हेतुले उम्मेदवारी दिएको हुँ ।

सबैले अुमल्य मत दिई गठबन्धनका उम्मेदवारलाई विजय गराउन  केसीले आग्रह गरेका छन ।