निराजन सिर्पाली
रुकुम पूर्व । नेकपा माओबादी केन्द्र सिस्ने गाउँपालिका अध्यक्ष मनसराम खड्काले गठबन्धन भन्दा दायाँबायाँ नर्गन निर्देशन दिनुभएको छ । सिस्ने १ मा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको पार्टी प्रशिक्षण तथा घरदैलो कार्यक्रममा बोल्दै खड्काले गठबन्धन भित्रका साथिहरुले दायाँबायाँ नर्गन निर्देशन दिनु भएको हो ।

गठबन्धनका साथिहरु एक्लाएक्लै हिडने आफ्नो मात्रै चुनाव चिन्ह सिकाउने गठबन्धनको निर्देशन लाई व्यवस्था गर्ने र विगतका कुराहरुलाई समस्याको रुपमा बलझाउने काम गरे ठुलो गल्ती हुने खड्काको भनाई छ । उहाँले १ नम्बर वडाका नेता पार्टीका कार्यकतालाई गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न पनि आग्रह गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले तिक्तता राख्न नहुने उहाँले बताउनुभयो । दुई पार्टीका कार्यकर्ता विच विगतमा केहि असमझदारी मैले देखेको थिए। उहाँले भन्नुभयो ती सवै कुरा मसिनो ढङ्गबाट तत्काल समाधान गर्न जरुरि छ ।

केहि साना र मसिना समस्या समाधान गर्न हामि लाग्नु पर्छ । यदि त्यसलाई हल्का रुपले लिए गठबन्धनमा समस्या आउन सक्छ उहाँले भन्नुभएको छ ।