
निराजन सिर्पाली
रुकुम पूर्व । वाईसीएल नेपाल रुकुम पूर्वका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य मनबहादुर बुढा (बिद्रोही) ले गठबन्धनका उम्मेदवारलाई बिजय गराउन युवा लाग्नु पर्ने बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनले सिस्ने गाउँपालिका १ नम्बर वडाको भट्टेचौरमा आयोजना गरेको घरदैलो तथा प्रशिक्षण कार्यक्रममा बोल्दै बुढाले वाईसीइल र तरुण दलका युवाहरु एक भएर चुनाबमा होमिनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो प्रतिनिधि र प्रदेश सभाको चुनाव दिनप्रति दिन नजिकिदै छ । सवै प्रकारका निर्वाचनमा युवाको भुमिका अहम हुन्छ । मंसिर ४ गतेलाई गठबन्धनमैत्री बनाउन सिस्ने १ का दुवै दलका युवाहरु एउटै मन भएर लाग्न आग्रह गर्दछु ।
हिजोका दिनमा वाईसीएल र तरुणदल विच केही तिता पलहरु भए पनि अब ती सबै बिर्सेर लोकतान्त्रिक बाम गठबन्धनको केन्द्रिय निर्देशनलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको बुढाले बताउनुभयो । जबसम्म एकले अर्काको अस्तित्व स्वीकारेर अघि बढन सकिन्न तबसम्म ग्रामिण गाउँ बस्तीको बिकास नहुने पनि उहाँले बताउनु भएको छ ।
हिजोका दिनमा चुनावमा मात्रै युवा परिचालन गर्ने र जितेपछि युवा व्यबस्थापनमा ध्यान नदिने काम भएको भन्दै अबका उम्मेदवारले त्यसो गर्न नहुने बुढाले बताउनुभयाे । उहाँले जिल्लाको दिगो बिकासको साथमा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखि काम गर्ने योजना बनाउन गठबन्धनका उम्मेदवारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।