रुकुम पूर्व । आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनको लागि निर्वाचन क्षेत्र नम्बर १ का बाम लोकत्रान्तिक गठबन्धनका उम्मेदवार तेजबहादुर ओली मतदातासँग भेटघाट कार्यक्रममा व्यस्त छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पूर्वका इन्चार्ज समेत रहेका ओली संयुक्त वाम लोकत्रान्तिक गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार भएका छन ।
उम्मेदवार ओली यतिबेला आफनो निर्वाचन क्षेत्र पुथा उत्तरगंगा गाउँपालिका अन्तर्गतका विभिन्न वडामा पार्टी कार्यकर्ता तथा गठबन्धनका कार्यकर्ता र मतदातासँग भेटघाटमा बेस्त छन । विगत हप्ता दश दिन देखि ओली निर्वाचन क्षेत्रमा केन्द्रित भएका हुन ।
उम्मेदवार ओली सहितको टोलीले पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा, तुपा, दम्चन, फल्नै, नाखा, राङ्सी, जाङ घुर्बाङ, खारखोला, चारगाउँ लगायतका ठाउँहरुमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओलीका विरुद्ध पूर्व माओबादी केन्द्रका कार्यकर्ता सुरुल पुन (अजयशक्ति) ले बागी उम्मेदवारी दिएका छन । स्वतन्त्र उम्मेदवार पुनले पनि जनभेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन ।
गठबन्धन निकट एक नेताका अनुसार पुथाउत्तरगंगा गाउँपालिकामा मतदाताहरु गठबन्धन केन्द्रित भएका छन । अहिलेसम्म भएका वडा, टोल र गाउँ स्तरका भेला तथा पार्टी प्रशिक्षण कार्यक्रममा मतदाता र कार्यकर्ताको सकरात्मक प्रतिकृया र ठुलो साथ रहेको ती नेताले बताए ।
उनका अनुसार त्यहाँका अधिकांश मतदाताले पार्टीको आधाकारिक उम्मेदवारलाई नै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।