रुकुम(पूर्व) मा गठबन्धनको पक्षमा मतदाता केन्द्रित गर्न सबै दलका नेता परिचालित हुने भएका छन् । आज रुकुमकोटमा बसेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको बैठकले गठबन्धनको पक्षमा मतदाता केन्द्रित गर्न सबै दलका नेताहरु खटिने एक संयुक्त विज्ञप्ती जारी गर्दै जानकारी गराइएको छ ।

गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन सबै दलका केन्द्रिय समिति÷परिषद सदस्यहरु, प्रदेश समिति÷ परिषद सदस्यहरु, महाधिवेशन÷ महासमिति सदस्यहरु, जिल्ला तहका नेता, कार्यकर्ताहरु, सल्लाहकार÷ ज्येष्ठ सदस्यहरु लगाएत सम्पूर्ण पार्टी पंक्तिलाई गठबन्धनको पक्षमा मतदाता केन्द्रित गर्न परिचालन गर्ने निर्णय गरिएको छ । यस्तै गठबन्धनका विरुद्ध गएका आ–आफ्नो दलका नेता कार्यकर्तालाई सम्बन्धित दलले थप कारबाहिको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको छ ।

सम्पर्क समन्वय टिम गठन नभएका वडाहरुमा सम्पर्क समन्वय टिम गठन गर्ने साथै प्रत्येक वडामा सम्पर्क व्यक्ति तोक्ने र परिचालन गरिने भएको छ । आगामी मंसिर ४ को निर्वाचनलाई संविधानको रक्षा, प्रतिगमणकारी गतिविधिको प्रतिराध एवं राष्ट्रिय एकता कायम गर्ने एउटा महाअभियानको रुपमा लिदै लोकतान्त्रिक गणतन्त्रलाई थप सुद्धृढिकरण गर्ने सझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

रुकुम(पूर्व) मा पाँच दलिय गठबन्धन भित्रका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल पार्टी रहेका छन् ।