रुकुम(पूर्व) मा पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार बन्नुभएका पूर्णबहादुर घर्तीले गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभयो । रुकुम(पूर्व) मा गठबन्धन बनेपछि माओवादीमा असन्तुष्टि पैदा भएर पार्टी भित्रैका नेताले बागी उम्मेद्वारी दिएका छन् । गठबन्धन जिल्लाको निर्णय नभई पार्टी केन्द्रको निर्णय भएको कारण सबैले यसलाई मानेर जानुपर्ने उहाँले बताउनुभयो ।

अहिले विभिन्न व्यक्तिलाई लिएर चुनावी कुराहरु हुने गरेको बताउदै उम्मेद्वार घर्तीले संविधानको रक्षा स्वरुप पार्टीले व्यक्तिसँग नभई पार्टी पार्टीको बिचमा सम्झौता भएको बताउनुभयो । पात्र हेरेर गठबन्धन भित्रका दलका नेता कार्यकर्ताले एक अर्कालाई अस्विकार गर्ने कुराहरु नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ । यो गठबन्धन देशको घाउँ पुरा गर्न बनेको उहाँको भनाई छ । अब गठबन्धनलाई जिताउनको लागि जिल्लाको ३१ वटै वडामा गठबन्धन भित्रका पार्टी लाग्नुपर्ने उहाँको भनाई छ ।

अब चुनावी मैदानमा उत्रिएकाहरुले देशको समृद्धि र जिल्लाको विकासको बारेमा सोच्नुपर्ने उम्मेद्वार घर्तीले बताउनुभयो । आफु रुकुम(पूर्व) को साझा उम्मेद्वार भएको कारण साझा रुपमा जिल्लाको नेतृत्व गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

रुकुम(पूर्व) बाट प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नम्बर ख का उम्मेद्वार बन्नुभएका धनबहादुर केसीले गठबन्धन भन्दा बाहिर नजान आफ्नो पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अहिले पाँच दलको सरकार छ, चुनावी मैदानमा पनि गठबन्धन एक भएर उभिएको कारण रुकुम(पूर्व) मा गठबन्धन भन्दा बाहिर नजान गठबन्धन दल भित्रका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अहिले जिल्लामा गठबन्धन भित्रका मुख्य ठुला दुई दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्तामा केहि मनमुटाव अर्थात एकले अर्कालाई स्किारेर जान नसकिने कुराहरु गर्ने गरेको बताउदै उम्मेद्वार केसीले अहिलेको आवश्यकताले जन्माएको गठबन्धनलाई जसरी नी जिताउनतर्फ नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।

गएको स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल हुन नसकेको कारण केहि त्यतिबेलाका आला घाउको प्रभाव अहिलेको देखिएको उहाँको भनाई छ । गएको चुनावमा जे जस्तो भएपनि अब निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस लगाएत गठबन्धन भित्रका दलले हसिया हथौडामा भोट हाल्नुपर्ने र निर्वाचन क्षेत्र नम्बर ख मा माओवादी लगाएत गठबन्धन भित्रका दलले रुख चिन्हमा भोट हाल्नुपर्ने बताउदै प्रतिनिधि सभामा गठबन्धनका सबै दलले हसिया हथौडामा भोट हाली गठबन्धनका आधिकारीक उम्मेदेवारलाई जिताउनुपर्ने बताउनुभयो । चुनावमा भोट हाल्ने कुरामा कसैको लोभ लालचमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न पनि उहाँले मतदातालाई आग्रह गर्नुभएको छ । चुनाव जितेर गएको खण्डमा जिल्लाको विकास र समृद्धिलाई विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।

भूमे गाउँपालिकाको निर्वाचन क्षेत्र नम्बर ख एरिया समितिका संयोजक मनकुमारी बुढा विष्टको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा गठबन्धन भित्र रहेका सबै दलका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । बैठकको सहजिकरण नेपाली कांग्रेसका उपसभापती भिमबहादुर खड्काले गर्नुभएको थियो ।