रुकुम पूर्व । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले चुनाव जिते निशुल्क स्वास्थ्य र शिक्षालाई जोड दिने बताए ।

उनले भने, आगामी चुनावमा निर्वाचित भए दिगो आर्थिक वृद्धिमा जोड दिइनेछ । उच्चस्तरीय नागरिक आयोग गठन गरी शीर्ष नेताहरुको सम्पत्ती सार्वजनिक गर्ने कानुन बनाइनेछ ।

उनले नेपालको भूभाग कसैलाई पनि प्रयोग गर्न नदिइने बताए । जेष्ठ नागरिक र असक्तहरुको घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा समेटिएको छ ।