रुकुम पूर्व । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्र सार्वजनिक गरेकोे छ । राप्रपाले आफ्नो घोषणापत्रमा ‘नेपाल बन्द’ कहिल्यै नगर्ने प्रतिबद्धता जनाएको छ ।

राप्रपाले ‘नेपाल बन्द सधैँका लागि बन्द’ गर्ने प्रतिबद्धता जनाएको समेत गरेको छ । यसका अतिरिक्त स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत विभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रतिबद्धता राप्रपाले जनाएको छ ।