रुकुम पूर्वः नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको घोषणापत्रमा विशिष्ट पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्ने विषय समेटिएको छ । वेरोजगारी समस्या हल गर्न राष्ट्रीय रोजगार प्राधिकरण केन्द्र स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ ।