रुकुम पूर्वः नेकपा माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने बाचा गरेको छ । माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा ‘सहरी विपन्न नागरिक, ज्येष्ठ नागरिक र असाहयका लागि सामुदायिक आवास निर्माण गरी आयस्तरको आधारमा निःशुल्कदेखि सशुल्क आवासको व्यवस्था गरिनेछ ।’

प्रमुख सहरमा यस्ता अवास बनाउने बाचा माओवादी केन्द्रको घोषणापत्रमा समेटिएको छ । यस बाहेक सहरमा रहेका निम्न–मध्यम र मध्यम वर्गका लागि सरकार र निजी क्षेत्रको लगानीमा सुपथ मूल्यमा अवास परियोजना सञ्चालन गर्ने माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख गरिएको छ ।