नेपाली कांग्रेसका जिल्ला सभापती एवम् पूर्व राज्यमन्त्रि केशरमान रोकाले अहिलेको गठबन्धन संविधानको रक्षा र राष्ट्रिय आवश्यकताले जन्माएको गठबन्धन भएको बताउनुभएको छ । आज जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ६ मयाङमा बसेको गठबन्धन पुथा एरिया समिति बैठकलाई संबोधन गर्दै सभापती रोकाले यो गठबन्धन संविधानकोे रक्षा गर्न राष्ट्रिय आवश्यकताले जन्माएको गठबन्धन भएकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

केपी शर्मा ओलीले दुई दुई पटकसम्म संसद विघटन, संघियता खारेज जस्ता प्रतिगमणकारी कार्य गरेको हुनाले यसकै विरुद्धमा बनेको गठबन्धनलाई अहिलेको चुनावमा बुमतले जिताउनुपर्ने भनाई उहाँको थियो । रुकुम(पूर्व) मा गएको स्थानीय तहको चुनावमा तालमेल हुन नसकेपनि अहिलेको तालमेलले आत्मियता बढाउने भनाई उहाँको छ । रुकुम(पूर्व) जस्तो माओवादीको आधारइलाकामा गठबन्धनलाई जोगाउन कांग्रेसलाई एउटा निर्वाचन क्षेत्र दिएको भन्दै कांग्रेसले पनि नहिचकिचाइकन हसिया हथौडामा भोट हाल्नुपर्ने सभापती रोकाले बताउनुभयो ।