रुकुम पूर्वः नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा राष्ट्रिय  झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्‍याएको छ । अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो ।

यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गर्ने समेत एमालेको घोषणा छ ।