रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका ९ खारबाङमा बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तथा छलफल कार्यक्रम सम्मपन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेश सभा सदस्यका प्रत्यक्ष उमेदवार तेज बहादुर ओली, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका इन्चार्ज जिताराम कामी, नेकपा एकिकृत समाजवादी प्रदेश सदस्य लजिम ओली, नेपाली काङ्ग्रेस महासमिति सदस्य तिल बहादुर घर्ती, नेपाली काङ्ग्रेस लगाएतको उपस्थितमा वाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भेला भएको थियो ।

भेलामा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादीका कार्यकर्ताको सहभागीता रहेको थियो । सहभागी कार्यकर्ताले बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार तेजबहादुर ओलीलाई बहुमत मतबाट विजय बनाउने प्रतिबद्धता जनाएका छन । यस्तै नेपाली काङ्ग्रेसका महासमिति सदस्य तिल बहादुर घर्तिले काङ्ग्रेसका कार्यकर्तालाई नेकपा माओवादीसँग एकताबद्ध भई चुनाव प्रचारप्रसार गर्न निर्देशन दिएका छन । स्थानीय चुनावमा एक आपसमा प्रतिस्पर्धी हुदा केही मनमुटाव भएता पनि त्यसलाई बिर्सेर एकताबद्ध हुन घर्तीले निर्देशन दिनु भयो ।

देशमा प्रतिगमनको शक्ति बढ्ने सम्भावना अझै कायमै रहेकोले देशलाई प्रतिगमन शक्तिबाट बचाउन गठबन्धन भएको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा वाम लोकतान्त्रिक गठबन्धनका साझा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर. १ का वाम उम्मेदवार तेजबहादुर ओलीले बताउनुभयो । गठबन्धन गर्दा नेपाली काङ्ग्रेसको भागमा २ नं. क्षेत्र परेको हुदा २ नं. क्षेत्रमा माओवादीले रुखमा र १ नं. क्षेत्रमा काङ्ग्रेसले पनि हसिया हथौड़ामा मतदान गर्न अपिल गर्नुभयो ।

भेला कार्यक्रममा एकिकृत समाजवादीका प्रदेश सदस्य लजिम ओलीले स्थानीय चुनावमा पनि सँगै सहकार्य भएको र प्रदेश र प्रतिनिधि निर्वाचनमा पनि सहकार्य गरि गठबन्धनका साझा उमेदवारलाई अत्यधिक मतले बिजय बनाउन अपिल गर्नुभयो ।