रुकुम(पूर्व)
रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका ९ खाराबाङमा विद्यालय भवन पहिराले भत्काउदा वडा कार्यालय स्वास्थ्य इकाई भवनमा पठनपाठन भइरहेको छ । खारबाङमा रहेको आदर्श माध्यामिक विद्यालयको विद्यालय भवन गएको भाद्र महिनाको भारी वर्षाका कारण गएको पहिरोले भत्काउदा विद्यालय भवनमा पठनपाठन गरिएको हो ।
१० कक्षासम्म रहेको विद्यालयमा पहिराले विद्यालय भवन भत्काउदा वडा कार्यालय पठनपाठन गर्न बाध्य रहेको विद्यालय प्रधानाध्यापक सर्बेन्द्र खद्काले बताउनुभयो । प्रधानाध्यापक खड्काअनुसार गएको भाद्र महिनामा परेको भारी वर्षाका कारण विद्यालय माथिबाट पहिरो झरेर भवन भत्किएको थियो । निर्माण भईसकेको २ कोठे भवन र २ कोठे पक्की शौचालय निर्माणाधीन २ कोठे भवनलाई पहिरोले पुर्ण रुपमा क्षति भएको प्र अ खड्काले बताउनुभयो । प्रअ खड्काका अनुसार भवन भित्र रहेको कम्प्युटर कक्षाको कम्प्युटर, फोटोकपी मेसिन, सोलारपाता लगायतका अन्य सामाग्री गरि करिब १ करोड बराबरको क्षति भएको छ ।
विद्यालयमा रहेको पुरानो भवन पनि जिर्ण अवस्थामा रहेको प्रअ खड्काले बताउनुभयो । जिर्ण र भत्किएको अवस्थामा रहेको भवनलाई मर्मतको पहल गर्ने वडाध्यक्ष हर्क प्रसाद रोकाले बताउनुभयो । अध्यक्ष रोकाका अनुसार पहिरोको रोकथामको लागि ग्याबिङ निर्माणको लागि पनि सम्बन्धित निकाएसँग पहल गरिने उहाँको भनाई छ ।