रुकुम पूर्वः मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै रुकुम पूर्वमा सत्ता गठबन्धन तर्फका उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन । जस अन्तर्गत गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसीले बुधबार जिल्लाको भुमे गाउँपालिका ४ काँडाका विभिन्न टोलहरुमा पुगेर घरदैलो तथा जनभेटघाट गरेका छन ।
गाउँ पुगेका केसीलाई स्थानीयहरुले गाजाबाजा सहित स्वागत गरेका थिए ।
भेटघाट कार्यक्रममा उम्मेदवार केसीले आफु गठबन्धनको साझा उम्मेदवार रहेकाले सबै मतदाताहरुलाई संविधानको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।
जिल्लाको समृद्धि र विकासलाई सवै ठाउँ र वर्गका जनता सामु पुर्याउन गठबन्धनका उम्मेद्धवारलाई जिताउनुको विकल्प नभएको उनको भनाई छ । घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादीका कार्यकर्ताको सहभागीता रहेको थियो ।
रुकुम पूर्वमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रबाट पूर्ण बहादुर घर्ती, प्रदेश सभा (क) बाट नेकपा माओवादी केन्द्रकै तेजबहादुर ओली (प्रतीक) र प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसी रहेका छन ।